भोलिको काठमाडौँमा प्रचण्ड शक्ति प्रदर्शनको तयारी

काठमाडौ, १५ फागुन । एकीकृक नेकपा माओवादी नेतृत्वको विपक्षी मोचाको बैठक आज बस्दैछ ।दिउँसो ४ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा भोलि गर्ने भनेको शक्ति प्रदर्शन, त्यसको तयारीका विषयमा छलफल गर्ने बताएको छ । भोलि काठमाडौमा विपक्षी मोर्चाले शक्तिप्रदर्शन सहित विरोध सभा गर्ने तयारी गरेको छ  ।

prachanda
संविधान निर्माण प्रक्रियाका विरुद्धमा आन्दोलन गरिरहेको मोर्चाले भोलिबाटे आन्दोलन सुरु गर्ने बताएको छ । मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले आन्दोलनको सबै तयारी भइसकेकाले आज हरेक दलले विफ्रिङ गरेपछि त्यस अनुसारको रणनीति बनाउने बताउनुभयो ।
भोलिको सभा र त्यसपछिका कार्यक्रममा विषयमा पनि छलफल हुने उहाँको भनाइ छ । सरकारले पटकपटक वर्तामा आउन आव्हान गरेपनि भोलिको आन्दोलनको तयारीका कारण मोर्चा वार्तामा गएको छैन । लामो समयदेखि संविधान निर्माण प्रक्रिया अवरुद्ध छ ।

तपाइँको प्रतिक्रिया ।