संविधानका लागि लचकता यात्रा !

कपन अनलाइन\ फागुन १५, काठमाडौं । युवा नागरिक समाज नामक एक संस्थाले राजधानीमा संविधान निर्माणमा भएको राजनीतिक गतिरोध अन्त्यका लागि दबाब स्वरुप लचकता यात्रा सम्पन्न गरेको छ । जनमतको सम्मान गर , राजनीतिक गतिरोध अन्त्य गर, भन्दै रचनात्मक रुपले गरिएको उक्त कार्यक्रमले प्रमुख राजनीतिक दलहरुले संविधान निर्माणका विषयवस्तु तथा प्रकृयामा आ–आफ्ना अडान र हठ देखाएका कारणले सहमती हुन नसक्दा राजनीतिक गतिरोध पैदा भएको भन्दै सरोकारवालाई ध्यानाकर्षण समेत गरेको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले राजनीतिक गतिरोध अन्त्य गर्न सत्ता पक्ष र विपक्ष दलहरु आफ्नो हठ र अडानबाट लचक हुँदै वार्ता र संवादको माध्यमबाट समस्या समाधानतर्फ लाग्नु पर्ने धाराणा राखेका थिए ।

78

देशमा भएको राजनीतिक अस्थिरता र संविधानको अभावले गर्दा सामाजिक , आर्थिक वृद्धि विकासका युवाहरु ओझेलमा परेकोले आम युवाको अधिकार सुनिश्चिता र युवामैत्री संविधान बनाउन समेत वक्ताहरूले जोड दिएका थिए । कार्यक्रममार्फत नै वक्ताहरूले सत्ता बाहिर रहेका राजनीतिक दलका मोर्चालाई पनि आफ्नो माग संवाद र सहमतीको माध्यम बाट राख्न र संविधान निर्माणमा लाग्न आग्रह गरेका छन् । शान्ति स्थायित्व कायम गराउन संविधानको विकल्प नरहेको भन्दै सबै सभासदलाई चाँडोभन्दा चाँडो सकारात्मक रुपले संविधान निर्माणमा जुट्न पनि अपिल गरिएको कार्यक्रममा युवा नागरिक समाजका प्रतिनिधि कविन्द्र बुर्लाकोटी, विद्या सागर पाण्डेय, कन्चन खरेल , भीम लामा, चेतनारायण रसाईली , गीता चौधारी, पुरन दर्नाल लगायतले आफ्नो मन्तव्य राखेका थिए भने नरेन्द्र खतिवडाले कार्यक्रमको संयोजकत्व गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।