कीर्तिपुर नगरपालिका वडा नं २ देबढोकामा शनिबार रक्तदान हुने

कपन अनलाइन

काठमाडौँ, श्रावण २१ । रक्तदान गरौ, मानवीय कार्यमा सहभागी बनौ भन्ने मूल नाराको साथमा कीर्तिपुर नगरपालिकामा रक्तदान कार्यक्रम हुने भएको छ। कीर्तिपुर नगरपालिका वडा नं २ को समन्वयमा इन्द्रायणी परिवार क्लब  कीर्तिपुर र Life –savingVAN Project द्वारा संयुक्त रुपमा २०७८ साल श्रावण ३२ गते शनिबार कान्तिपुर ब्लड बैंक तीनकुने काठमाडौंको प्राबिधिक सहयोगमा कीर्तिपुर नगरपालिका वडा नं २ इन्द्रायणी परिवार क्लब मल्टीप्रपोज हल देबढोकामा बिहान ११ बजे देखि अपरान्ह २ बजे सम्म सम्पूर्ण स्वस्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालन हुने उक्त  कार्यक्रममा सहभागी भई रक्तदान गर्नको   लागि आयोजकले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।