गोकर्णेश्वर नगरपालिका वडा नं ३ को व्यक्तिगत जग्गा र सरकारी जग्गा छुट्याउने सम्बन्धि सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ, श्रावण २१। गोकर्णेश्वर नगरपालिका वडा नं ३ले व्यक्तिगत जग्गा र सरकारी जग्गा छुट्याउने सम्बन्धि सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ। वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले सार्वजनिक सुचना जारि गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ३ अन्तर्गत साबिक बलुवा गाबिस वडा नं २ ग कित्ता नम्बर २६६,८१को (वडा कार्यलय भवन लगायत वरिपरी रहेका सरकारी जग्गाहरु) गोकर्णेश्वर नगरपालिका पर्ती जग्गा संरक्षण समिति द्वारा निम्न मिति समय र स्थानमा नापजांच गरि सीमांकन गर्ने भएको हुँदा माथि उल्लेखित कित्ता संग सिमा जडिएका जग्गा धनि समाजसेवी बुद्दिजिबि राजनीतिक दलका प्रतिनिधि ,वडामा रहेका बिभिन्न संघ संस्था क्लब टोलसुधार समितिका प्रतिनिधिहरुलाइ समेतलाइ २०७८ साल श्रावण २७ गते बुधबार ११ बजे वडा कार्यालयमा सीमांकनको लागि उपस्थित भइ व्यक्तिगत र सरकारी जग्गा छुट्याउनका लागि सहयोग गरिदिन सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।