दक्षिणकाली नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो

दक्षिणकाली नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल  दोस्रो मात्राको लागि खोप केन्द्र तोक्यो

कपन अनलाइन

काठमाडौँ, श्रावण २१ ।  दक्षिणकाली नगरपालिकाले कोभिड १९ बिरुद्द खोप सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ । सुचना अधिकृत दिपक कुमार केसीले बुधबार जारि गरेको सो सुचनामा जिल्ला खोप समन्वय तथा अनुगमन समिति काठमाडौंको मिति २०७८ साल श्रावण १९ को निर्णय अनुसार काठमाडौं जिल्ला भर कोभिड १९ बिरुद्दको भेरोसेल दोस्रो मात्राको खोप मिति २०७८ साल श्रावण २२ गते देखि २०७८ साल श्रावण २४ गते सम्म  संचालन गरेर खोप लगाउनको लागि अनिवार्य रुपमा विधुतीय दर्ता पोस्ट रजिस्ट्रेसन, गर्ने र पहिलो मात्रा खोप लगाउने व्यक्तिहरुको लागि पनि विधुतीय दर्ता प्रि रजिस्ट्रेसन अनिवार्य गरीएको हुँदा खोप लगाउने लक्षित ब्यक्तिहरुले vaccine.mohp.gov.np मा गइ दर्ता नं र पहिलो खोप लगाएको खोप कार्ड सहित दक्षिणकाली नगरपालिकामा आ आफ्नो पायन पर्ने तपशिलको खोप केन्द्रमा खोप लगाउन सबैलाई सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।  निम्न खोप केन्द्रमा बिहान १०:३० बजे देखि अपरान्ह ४ बजे सम्म खोप संचालन हुने समेत उल्लेख गरिएको छ।

खोप संचलन हुने वडा, मिति र स्थान निम्न रहेको छ । वडानं ३, ४ र ७ को लागि २०७८ साल श्रावण २२ गते  शहरी स्वास्थ्य केन्द्र-  ३ भन्ज्याङ, साखेल स्वास्थ्य चौकी,बाँसबारी र शहरी स्वास्थ्य केन्द्र – ७ बिरेन्द्र पार्क रहेको छ ।त्यसै गरि वडा नं १, २, र ५ को लागि २०७८ साल श्रावण २६ गते  चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्र , शहरी स्वास्थ्य केन्द्र- २ तौथली, र शेषनारायण स्वास्थ्य चौकी रहेको छ । त्यसै गरि वडा नं ६, ८ र ९ को लागि २०७८ साल श्रावण २४ गते  दक्षिणकाली स्वास्थ्य चौकी फर्पिंग, छैमले स्वास्थ्य चौकी छैमले र टल्कु स्वास्थ्य चौकी टल्कु खोप केन्द्र तोकिएको छ।

तपाइँको प्रतिक्रिया ।