कोभिड बिरुद्दको खोपको लागि सुचिकृत हुन गोकर्णेश्वर ३ को अनुरोध
कपन अनलाइन
काठमाडौँ, श्रावण २१ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले कोभिड बिरुद्द खोप सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले जारी गरेको सो सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा बसोबास गर्ने १८ बर्ष भन्दा माथिका सम्पूर्ण महानुभावहरुलाई कोभिड बिरुद्दको पहोलो डोज खोप निकट केहि दिन पछि लगाउन शुरु गरिने भएको हुँदा १८ बर्ष पुरा भएका वा सो भन्दा माथी उमेर भएका हरुले वडामा २०७८ साल श्रावण २७ गते सम्ममा आफ्नो नाम सुचिकृत गराउन अनुरोध गरिएको छ। साथै भावी दिनहरुमा वडा बाट कुपन वितरण गर्दा सुचिकृत दर्ता भएका ब्यक्तिहरुलाई पहिलो प्राथमिकता दिइने सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।
तपाइँको प्रतिक्रिया ।