जब वडा नं २ को भवन शिलान्यासमा नगर प्रमुख उद्दव खरेलले साविक चपली गाविस सम्झिए …
कपन अनलाइन
काठमाण्डौ ,साउन २१।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले साविक चपली गाविस सम्झिएका छन । बुढानिलकण्ठ नगरपालिका वडा नं २ को भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख खरेलले विगतको स्मरण गरेका थिए।
२०५४ शालको स्थानीय निकायको निर्वाचनमा साविक चपली गाविसको अध्यक्षमा निर्वाचित बनेका प्रमुख खरेलले वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा स्थानीयहरुले श्रमदान गरि तत्कालिन चपली गाउ पंचायतको कच्ची भवन निर्माण गरेको स्मरण गरेका थिए।
हाल वडा कार्यालय भवन निर्माण हुने स्थानमा आफै निर्माण समितिको अध्यक्ष बनेर २०५१ शालमा तिन कोठे गाविस भवन निर्माण गरेको बताउदै नगर प्रमुख खरेलले आगामी दिनमा नगरपालिकाका सबै वडा कार्यालय भवन निर्माण गर्ने जानकारी दिएका थिए।
नगर प्रमुख रहदा वा नरहदा जुनसुकै वेला पनि आफु सधै बुढानिलकण्ठ नगरपालिकाको विकास ,प्रवर्धन र प्रोत्सहानका सक्रिय रहेको र रहने प्रतिवादत्ता व्यक्त गर्दै प्रमुख खरेलले सो वडा भवन निर्माण कार्यको स्थानीयले पनि आफ्नो सम्पत्ति ठानेर निरन्तर अनुगमन र खबरदारी गर्न अनुरोध गरेका थिए ।