साेमवार विदुर नगरपालिका कार्यलयमा विदुर नगरपालिका-१३ मा संघीय सरकारबाट बिनियोजित भएको सुन्तला र कागती पकेट क्षेत्रको लागि छुट्टाईएको बजेट अनियमितता भएको विरोध गर्ने क्रममा नगरपालिकामा तोडफोड भएको थियो ।

तर विदुर नगरपालिकाले वडा नम्बर १३ को फलफुल तथा कागती पकेट क्षेत्रको लागी बिरुवाको एक रुपैयाँ पनि रकम भुक्तानी दिएको छैन् । पकेट क्षेत्रमा निर्माण भएको सिञ्चाई लगाएतकाे पुर्बाधार बिकासको कामको मात्रै ६ लाख ९८ हजार रुपैयाँ रकम भुक्तानी दिएको नगरपालिकाले जनाएको छ ।