मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाको सभापतिमा इश्वर पुडासैनी

मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाको सभापतिमा इश्वर पुडासैनी

कपन अनलाइन

काठमाडौँ,श्रावण १६ । मानव अधिकार तथा शान्ति समाजको काठमाडौ शाखाको सभापतिमा इश्वर पुडासैनी  सर्बसम्मत रुपमा  निर्बिरोध निर्वाचित भएका छन। भ्रष्ट्राचार मुक्त समाज आजको आवश्यकता भन्ने मुल नाराको साथमा  शुक्रबार ईष्ट पोल मावि नारायणटार जोरपाटीमा  भएको समाजको २४ औं महाधिवेशनबाट बाट पुडासैनी सभापतिमा चयन भएका हुन्। यस अघि उनि मानव अधिकार तथा शान्ति समाजको काठमाडौ शाखाको कार्यबाहक सभापति रहेका थिए ।

त्यस्तै उक्त महाधिवेशनबाट

उप सभापतिमा  भगवान पुडासैनी

सचिव: प्रमोद फुयाल

सह सचिव : रमेश कुमार बराल

कोषाध्यक्ष: विकास थापा

सदस्यहरुमा

सानु लामा

रोज विष्ट

तारा रसाइली

आर एस महतो

 सुरज बोहोरा

 बद्री पुडासैनी

सार्जन चापागाईं

माया भटराई

रमेश पुडासैनी

प्रमिला भण्डारी निर्बिरोध रुपमा चयन भएका छन ।

भ्रष्ट्राचार मुक्त समाज आजको आवश्यकता भन्ने मुल नाराको साथमा  बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटनका सत्रमा बिशेष अतिथिको रुपमा बेपत्ता छानमिन आयोगका सदस्य डा.गंगाधर अधिकारी गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल नगर प्रवक्ता एबम गोकर्णेश्वर ८ का वडा अध्यक्ष मनोज कुमार  ढुंगाना, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,  नेकपा एमालेका नेता गोपाल बराल  मानव अधिकार तथा शान्ति समाजको संस्थापक महासचिब सुवास ढकाल, मानव अधिकार तथा शान्ति समाजको निवर्तमान केन्द्रीय सभापति ,उत्तम पुडासैनी, मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाका पूर्व सभापति कोमल लामिछाने,शिक्षाविद ईष्टपोल माबी व्यवस्थापन समितिका अध्यक्ष इश्वर प्रसाद सापकोटा, मानव अधिकार तथा शान्ति समाज का पुर्व  केन्द्रिय महासचिब कुमार  राज सुवेदी, नेकपा एमालेका नेता गोपाल बराल , यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल  लगायत मानव अधिकार तथा शान्ति समाजका सदस्यहरुको बाक्लो उपस्थिति रहेको  थियो।कार्यक्रम संचालन भगवान पुडासैनीले गरेका  थिए ।

कार्यक्रम मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाका सदस्य विकास थापाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए।कार्यक्रममा  प्रमुख अतिथिको रुपमा शुभकामना राख्दै बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।उनले  मानवअधिकार, शान्ति लोकतन्त्र अहिंसा, सद्भाव कायम राख्न समाजले खेल्दै आएको भूमिकाको प्रसंशा गरेका थिए । प्रतिगमन सच्याउन समेत समाजले खेलेको भूमिका प्रति धन्यवाद समेत दिएका थिए।  उनले  जो सुकै भमिका मा रहे  पनि अरुको अधिकार माथि हनन गर्न नहुने बताएका थिए। उनले सरकार परिवर्तन भएर देउवा सरकारमा आएको र सरकार संचालन गर्ने क्रममा गलत क्रियाकलाप भयो भने खबरदारी गर्न तयार रहेको बताएका थिए गलतलाइ गलत नभन्दा आज झन्डै दुइ तिहाइ पुगेको एउटा पार्टीको सरकार प्रतिपक्षमा बस्नु परेको बताएका थिए । मानवअधिकारको रक्षा, शान्ति तथा सुव्यवस्था र हिंसाको अन्त्यका लागि नागरिक समाजको सक्रियता आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुलेसंसद पुनःस्थापना उपलब्धि भए पनि त्यसलाई जोगाउन शान्ति समाजको भूमिका अझै बढेको बताए ।पछिल्ला घटना क्रमले लोकतन्त्र र मानवअधिकार सुरक्षित हुन नसकेको पुष्टि गरेको भन्दै उनले त्यसका लगि जनस्तरमा सचेतना र नेतृत्वलाई सही मार्गमा हिड्न दबाब दिनुपर्नेमा  जोड दिएका थिए  ।

कार्यक्रममा बेपत्ता छानमिन आयोगका सदस्य डा.गंगाधर अधिकारी,  गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती नेपाल नगर प्रवक्ता एबम गोकर्णेश्वर ८ का वडा अध्यक्ष मनोज कुमार  ढुंगाना,    गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल  नेकपा एमालेका नेता गोपाल बराल, मानव अधिकार तथा शान्ति समाजको निवर्तमान केन्द्रीय सभापति ,उत्तम पुडासैनि शिक्षाविद ईष्टपोल माबी व्यवस्थापन समितिका अध्यक्ष इश्वर प्रसाद सापकोटा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय पुर्व महासचिब  कुमार राज सुवेदी, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।