गोकर्णेश्वरमा शुक्रबार २२ सय ९४ जनाले कोरोना बिरुद्दको भेरोसेल खोपको पहिलो मात्रा लगाए

कपन अनलाइन

काठमाडौँ,श्रावण १६ । गोकर्णेश्वर नगरपालिकामा श्रावण १५ गते शुक्रबार  २२ सय ९४ जनाले कोरोना बिरुद्दको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन ।नगरपालिकाले ३ वटा खोप केन्द्र बाट  कोरोना बिरुद्दको भेरोसेल खोपको पहिलो मात्रा लगाएको हो,  जसमा १०३१ जना पुरुष र १२६३जना महिला  गरि कुल २२ सय ९४ जनाले खोप लगाएका हुन ।

नगरपालिका क्षेत्रमा संचालनमा रहेका ५ वटा खोप केन्द्रहरु मध्ये उपलब्ध खोपको सिमितता तथा सेवाग्राहीहरुको चाप समेतका आधारमा  २ वटा खोप केन्द्रमा खोप लगाउने कार्य मिति २०७८ साल श्रावण १५ गते देखि बन्दगरिएको थियो भने  बाँकी ३ वटा खोप केन्द्रमा पूर्व सुचना बमोजिमनै खोप लगाउने कार्य जारी रहेको छ   ।  नगरपालिकाले गोकर्णेश्वर नगरपालिका वडा नं २को श्री  बालसुधार माबी र गोकर्णेश्वर नगरपालिका वडा नं ६ को श्री चार्ल्स डार्विन एकेडेमी खोप केन्द्र बन्द गरिएको  सार्वजनिक सुचना मार्फत जानकारी गराएको थियो  । खोप केन्द्र सम्म पुग्न नसक्ने गुनासो आए संगै नगरपालिकाको  वडा न. १ स्थित इश्वरी  नि.मा.बि र वडा न. ३ स्थित तारेभिर प्रा.बि.मा खोप  केन्द्र संचालन गरिएको थियो ।

फाइल फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।