दक्षिणकाली नगरपालिकाको कुन खोप केन्द्रमा कहिले कोरोना विरुद्धको खोप लगाइने ?

दक्षिणकाली नगरपालिकाको कुन खोप केन्द्रमा कहिले कोरोना विरुद्धको खोप लगाइने ?

कपन अनलाइन
काठमाडौं, श्रावण १४ । दक्षिणकाली नगरपालिकाले सुचना जारी गर्दै साउन १४ गते देखि ५० वर्ष र सो भन्दा माथिका नागरिकहरुलाई पहिलो मात्राको कोभिड बिरुद्दको भेरोसेल खोप लगाइने जानकारी दिएको छ।नगरपालिकाले ९ वटा खोप केन्द्र बाट बिहान १०:३० बजे देखि ४ वजे सम्म खोप लगाइने जानकारी दिएको छ ।
खोप केन्द्रहरु:

१)शेष नारायण स्वास्थ्य चौकी २०७८ साल श्रावण १४ गते
२) दक्षिणकालि स्वास्थ्य चौकी २०७८ साल श्रावण १४ गते
३) शहरी स्वास्थ्य केन्द्र बिरेन्द्र पार्क २०७८ साल श्रावण १४ गते
४) प्राथमिक स्वास्थ्य केन्द्र चाल्नाखेल २०७८ साल श्रावण १५ गते
५) शहरी स्वास्थ्य केन्द्र तौथली २०७८ साल श्रावण १५ गते
६) शहरी स्वास्थ्य केन्द्र भन्ज्याङ २०७८ साल श्रावण १५ गते
७) सोखेल स्वास्थ्य चौकी २०७८ साल श्रावण १६ गते
८) छैमले स्वास्थ्य चौकी २०७८ साल श्रावण १६ गते
९) टल्कु स्वास्थ्य चौकी २०७८ साल श्रावण १६ गते

तपाइँको प्रतिक्रिया ।