Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/222372565_1462884144053061_5880179621212460891_n-e1627443748276.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नागार्जुन नगरपालिकाको निर्माणाधिन प्रशासकीय भवनको अनुगमन

कपन अनलाइन

काठमाडौं, श्रावण १३ । नागार्जुन नगरपालिकाको निर्माणाधिन प्रशासकीय भवनको अनुगमन गरिएको छ। जिल्ला समन्वय समिति काठमाडौं र नागार्जुन नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको  उक्त भवनको जिल्ला समन्व समिति काठमाडौका प्रमुख शिव सुन्दर राज बैध सहितको टोलि द्वारा अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला समन्व समिति काठमाडौका प्रमुख शिव सुन्दर राज बैध, उप प्रमुख सरिता दहाल तथा जिल्ला समन्वय अधिकारी पिताम्वर अधिकारी, नागार्जुन नगरपालिका प्रमुख मोहन बहादुर बस्नेत  उप प्रमुख सुशिला अधिकारी लगायतको उपस्थिति रहेको थियो।

 अनुगमन पश्चात हाल सम्म भएका कामहरु सन्तोषजनक ढंगले अगाडी बढेको र निर्माण कार्य  तोकिएको समय भन्दा अघिनै सम्पन्न हुने नगर प्रमुख मोहन बहादुर बस्नेत र उप प्रमुख सुशिला अधिकारीले जानकारी जानकारी गराएका थिए ।करिब १८ करोड रुपैयाको लागतमा निर्माण हुन लागेको उक्त प्रशासनिक भवन जिल्ला समन्वय समिति काठमडौँको ६० प्रतिशत र नगरपालिका आफ्नै ४० प्रतिशत लागतमा निर्माण हुन लागेको हो । नागार्जुन नगरपालिका  वडा नं ५ स्थित हरिसिद्दी मन्दिर परिसरमा करिब ५ रोपनी जग्गामा अण्डर ग्राउण्ड सहित बाल मैत्री,अपाङ्गमैत्री र जेष्ठ नागरिक मैत्री  बन्ने  उक्त  भवन  ६  तल्लाको हुने नगरपालिका  जानकारी गराएको छ  ।

तपाइँको प्रतिक्रिया ।