Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/219261303_274192934473723_4074880776560527385_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बाल विकास समाजद्वारा गोकर्णेश्वरका बिपन्न परिवारका बालबालिकालाई राहत वितरण

कपन अनलाइन

काठमाडौं, श्रावण १३ । गोकर्णेश्वर नगरपालिकामा बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको छ। बाल विकास समाज र विश्व शिक्षाको सहयोग तथा गोकर्णेश्वर नगरपालिकाको समन्वयमा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ र ९ मा रहेका गँलैचा कारखानाका ७८ जना बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।  सरस्वती माद्यामिक विद्यालयको प्राङ्गणमा सोमबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका कि  उप प्रमुख शान्ती नेपालको उपस्थितिमा  गोकर्णश्वर नगर पालिका वडा नं ८ र ९ भित्र गलैचा कारखानामा काम गर्ने  मजदु का ७८ जना बालबालिकाहरुलाई प्रति ब्यक्ति चामल ३० केजी, दाल ३ केजी, नुन २ केजी, खाने तेल २ लिटर, चिनी २ केजी र हात धुने सावुन बितरण गरिएको थियो ।

कार्यक्रममा बाल विकास समाजका कार्यकारी निर्देशक कृष्ण प्रसाद सुवेदी, नगरपालिकाको महिला तथा बालबालिका शाखाबाट अधिकृत भिमा थापा संस्थाका कर्मचारी तथा नगर प्रहरी, स्थानीय समाजसेवी लगायत स्थानीयको  उपस्थित रहेको थियो ।बाल विकास समाजले बालश्रम न्यूनिकरणका लागि गोकर्णेश्वर नगरपालिकासँग समन्वय गरी सक्रिय परियोजना सञ्चालन गरिरहेको छ । संस्थाले बालबालिकाहरुको घटना व्यवस्थापन प्रक्रिया अनुसार कोभिडको असर पहिचान गरे पश्चात राहत वितरण गरेको हो ।

खाद्यान्न वितरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख शान्ती नेपालले बालश्रम प्रयोग गरेको पाइएमा कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने तथा कारखानामा बालबालिकाहरु माथि हुने विभिन्न हिंसाजन्य घटना भएमा कुनै पनि किसिमको दुव्र्यवहार भएमा वडा कार्यालय तथा नगरपालिकामा आएर उजुरी गर्न सकिने बताएकी थिइन। उनले आफुलाई समस्या भए उजुरी गर्न आउन  समेत आग्रह गरेकी थिइन ।संस्थाका कर्मचारी गोविन्द विकले खाद्यान्न वितरण कार्यक्रमको बारेमा प्रष्ट पार्दै आगामी दिनमा पनि बालबालिकाहरुलाई यस किसिमको सहयोग गर्ने योजना रहेको बताएका छन  । कार्यक्रमको समन्वय स्थानीय समाजसेवी तथा स्वास्थ्यकर्मी सन्जय आचार्यले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।