पुर्व वडा अध्यक्ष मेनुका देवी पुडासैनीको स्मृतिमा चम्पादेवी -९ मा श्रदान्जली सभा

कपन अनलाइन

ओखलढुंगा ,साउन १३।

ओखलढुंगा जिल्लाको साविक बिलन्दु गाविस वडा नं ६ की वडा अध्यक्ष मेनुका देवी पुडासैनीको स्मृतिमा चम्पादेवी गाउँपालिका वडा नं ९ ले श्रदान्जली कार्यक्रम आयोजना गरेको छ।

२०५४ शालको स्थानीय निकायको निर्वाचनमा वडा नं ६ को अध्यक्षमा निर्वाचित बनेकी पुडासैनी राजनीतिक संगै सो क्षेत्रको सामाजिक परिवर्तनको अभियानमा पनि सक्रिय रहेकी थिइन्।

 

जनप्रतिनिधिका रुपमा मेनुका देवी पुडासैनीले विषम  समयमा महिला शशक्तिकरण र सक्रिय सहभागिताका लागि महत्वपूर्ण  योगदान दिएको बताउदै वडा नं ९ का अध्यक्ष झम्कहरी बडालले श्रदान्जली कार्यक्रममा  शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।