Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/226466717_4090016641035400_1956042880324348966_n-703x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

थप २५९ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि जग्गा सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

कपन अनलाइन

 काठमाडौं,श्रावण १३। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभुत अस्पताल निर्माण सम्बन्धमा सार्वजनिक सुचना जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महासखा प्रमुख डा. गुणराज लोहनीले जारी गरेको उक्त सुचनामा सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न नेपाल सरकारको नीति अनुसार आर्थिक बर्ष २०७७/७८मा ३९६  वटाको निर्माण प्रक्रिया थाल्ने निर्णय अनुरुप हाल सम्म सबै  स्थानीय तह बाट  जग्गाको उपलब्धता DPR तथा टेन्डर सम्झौता (निर्माण बोलपत्र सम्झौता) भइ नसकेको र आर्थिक वर्ष २०७८/७९मा बाँकि २५९ वटा स्थानीय तहहरुमा  आधारभूत अस्पताल निर्माण कार्यको लागि जग्गा सुनिश्चितता, DPR तयार गरि पेश गर्ने भन्ने पत्राचार बिभिन्न  मितिमा भएको जानकारी गराइएको छ।

 त्यसै कारण आधारभूत असपताल निर्माणको  लागि आवश्यक जग्गाको सुनिश्चितता र DPR तयार गरि यथासिघ्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनको लागि आव्हान गरिएको छ। साथै सो अनुसार DPR तयार गरि पेश  गरिएका स्थानीय तहलाई मात्र बजेटको व्यवस्था गरिने नेपाल सरकार ( साबिक स्तर)को मिति २०७८साल श्रावण १२ को निर्णय भएको सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ  ।नेपालका सबै स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित  गर्ने उद्देश्य सहित  अघिल्लो सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास  गरेको  थियो ।

तपाइँको प्रतिक्रिया ।