नेपाल एशियन च्याम्पियनसिप खेल्नबाट बञ्चित,नेपालको महिला टिमको सपनामा तुषारापात

कपन अनलाइन

काठमाडौं, श्रावण १०।

फिलिपिन्समा मिति २०७८ भाद्र १३ देखि २० (अगष्ट २९ देखि सेप्टेम्बर ५, २०२१) सम्म आयोजना हुने २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप २०२१ खेल्नबाट बञ्चित भएको छ । नेपालको महिला टिमको पहिलो पटक यस्तो ठुलो प्रतियोगितामा तथा ठुला राष्ट्रहरु संग प्रतिस्पर्धा गरि अनुभव बटुल्ने ईच्छा र चाहनामा तुषारापात भएको छ ।
कोभिड १९ को नयाँ भेरियन्टको अति सम्वेदनशिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघ मार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल संघले जनाएको छ । यसले नेपाली महिला भलिबल टिमको भावनामा चोट पुग्न गएको छ । नेपाली खेलाडीहरुले यति ठुलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउनका लागि ठुलै तयारी गरिरहेको थियो । यसका साथै नेपाली महिला भलिबल खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।

तपाइँको प्रतिक्रिया ।