Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/222169050_1004102976803163_6807438832315895050_n-1024x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौँ समर्पण द्वारा आयोजित रक्तदान सम्पन्न

कपन अनलाइन
काठमाडौं, श्रावण १० ।बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणको आयोजनामा शनिबार न्यूरोडमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा ६० भन्दा बढी व्यक्तिले रक्तदान गरेको क्लवका अध्यक्ष लबेन्द्रसिंह मल्लले जानकारी दिएका छन् ।पछिल्लो समय काठमाडौँ उपत्यका लगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ । क्लवका सदस्य विवेक शर्माले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका छन । लायन्स क्बल अफ काठमाडौँ समर्पणले गतवर्ष कोरोना कहरको समयमा सानेपामा ‘अक्सिजन बैँक’ स्थापना गरेर समाजसेवा गर्दै आएको थियो ।

२०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरेको क्लवले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका गरिब व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो । यस्तै, सोही क्लबले यो वर्ष विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएको अवस्थामा ललितपुरको जावलाखेलमा ‘जे एण्ड जे निशुल्क कोभिड क्लिनिक’ स्थापना गरि समाजसेवा गर्दै आएको थियो भने चावहिलमा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालन गरेको थियो ।कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) उत्तमराज सुवेदी, नेकपा एमालेका केन्द्रीय कार्यकारणी सदस्य रविन्द्रमान श्रेष्ठ, न्यूरोड पाको युवा क्लबका अध्यक्ष प्रविनमान श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।