Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/221226725_1178541759275736_1297201734267298030_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

काँग्रेस महासमिति सदस्य आत्माराम पौडेलले गरे कुमार बलराम छात्राबासलाई ५० हजारको सहयोग

कपन अनलाइन

काठमाण्डौ ,साउन ९।

काँग्रेस महासमिति सदश्य तथा समाजसेबी आत्माराम पौडेलले लक्ष्मी प्रतिस्ठान द्वारा संचालित कुमार बलराम छात्राबासलाई नगद तथा शैक्षिक सामाग्री हास्तान्तरण गरेका छन्। शनिबार काभ्रे धुसेनी सिवालय स्थित छात्राबास पुगेर पौडेलले २० हजार नगद तथा ३० हजार शैक्षिक तथा खेलकुद सामाग्री गरी ५० हजार रुपैया बराबरको सहयोग गरेका हुन ।

छात्राबास द्वारा आयोजित एक औपचारिक कार्यक्रममा पौडेलले नगद तथा सैक्षिक खेलकुद सामाग्री छात्राबासकी वार्डेन बिपना भुर्तेललाई हास्तान्तरण गरेका हुन ।

चितवनको अती बिकट कान्दामा २०० सय चेपाङ विद्यार्थीलाई आफ्नै छात्राबासमा राखेर निसुल्क पठनपाठन गर्दै आएको प्रतिस्ठानले कान्दाबाट माध्यामिक स्तरमा पुगेका विद्यार्थीलाई भने काभ्रेको धुसेनीस्थित छात्राबासमा राखेर निसुल्क अध्यापन गराउदै आएको छ ।धुसेनीको छात्राबासमा बसेर हाल ५१ जना विद्यार्थी निसुल्क अध्यन गरिरहेका छन् ।

साबिक कपन गा बि स का पूर्व अध्यक्ष पौडेल यस अगाडि पनि बिभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका छन् ।धुसेनी सिवालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा छात्राबासमा बसोबास गर्दै आएका विद्यार्थीले स्वागत गर्दै धन्यबाद ज्ञापन गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।