भन्सार छलेर ल्याइएका क्रेटा गाडीसहित बौद्ध बाट दुई जना पक्राउ

भन्सार छलेर ल्याइएका क्रेटा गाडीसहित बौद्ध बाट दुई जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,साउन ९।

प्रहरीले भन्सार छलेर ल्याइएका दुई वटा क्रेटा गाडीसहित दुई जनालाई पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाको टोलीले बौद्धबाट दुई जनालाई गाडीसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मुस्ताङ लोधोगार दामोदर कण्ड गाउँपालिका घर भई हाल काठमाडौं-६ बौद्ध बस्ने ३८ वर्षीय आग्या गुरुङ र भारत पश्चिम बंगाल दार्जिलिङ घर भई हाल बौद्ध बसिरहेका ४३ वर्षीय सोनाम टासी योल्मो रहेका छन्।

महाशाखाले बा१९च २०३६ र अर्को नम्बर प्लेट नटाँसिसकेको क्रेटा कारसहित उनीहरूलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए।

बरामद गाडीसहित दुबैलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको कोइरालाले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।