Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/220391173_4265259230255609_2423803867046968895_n-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/223650963_4265262720255260_1110365301973791432_n-1-1024x768.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

जेसिज सप्ताह–२०२१ अन्तर्गत जेसिज साँखुको रक्तदान सम्पन्न

कपन अनलाइन 

काठमाडौं, श्रावण ९ ।विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात् (कोभिड–१९) को संक्रमण संसारभर नै त्रास भईरहेका वेला  जेसिज साँखुले विभिन्न कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । समुदायमा बिभिन्न जनचेतनात्मक तथा सेवामुलक कार्यक्रम गर्ने उद्देश्यका साथ स्थापना भएको जेसिज साँखुले ‘जेसिज सप्ताह–२०२१ अन्तरगत  आज रक्तदान कार्यक्रम  सम्पन्न गरेको छ  ।

लामो समयको  निषेधाज्ञाको कारण भएको रगतको अभावलाई केहि हद सम्म भए पनि सहज बनाउन  ‘जेसिज सप्ताह–२०२१ अन्तरगत जेसिज साँखुले  आज शनिबार शंखरापुर नगरपालिका वडा नं ७ महादेवस्थान परिसरमा  बिहान  ९ बजे देखि  अपरान्ह २ बजे सम्म  सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सुरक्षित तवर बाट संचालन  भएको सो  कार्यक्रममा ८६ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक जेसी पवन श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए ।

 

मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मूल नाराको साथ  छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा  ८६ जनाले मात्र रक्तदान गरेको जानकारी गराए। बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकको तर्फ बाट जेसी पवन श्रेष्ठले  धन्यबाद दिएका छन ।

तपाइँको प्रतिक्रिया ।