लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ जोन XLVको डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ जोन XLVको डिस्ट्रिक गभर्नर्स फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न

कपन अनलाइन

काठमाडौं, श्रावण ९। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का जोन चियरपर्सन लायन भिष्म बिक्रम रायमाझी अध्यक्षतामा डिस्ट्रिक गभर्नर्स  फर्स्ट एडभाइजरी कमिटि मिटिंग सम्पन्न भएको छ । माकलबारी स्थित जी जी ट्राभल लजमा  सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुर्व डिस्ट्रिक गभर्नर तथा  हालका मल्टिपल जी एस टि मल्टिपल कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल रहेका थिए भने बिशेष अतिथिको रुपमा

पुर्व डिस्ट्रिक गभर्नर लायन  टंक बहादुर श्रेष्ठ डिस्ट्रिक फर्स्ट भाइस गभर्नर लायन कर्म गुरुङ, अनरी एडभाइजर लायन बिष्णु भाइ श्रेष्ठ, डिस्ट्रिक चिफ काउन्सिलर लायन बिमल कुमार श्रेष्ठ , चिफ  पब्लिक रिलेसन अफिसर लायन सुरेन्द्र प्रकाश बलाय, जी एस टि डिस्ट्रिक कोर्डिनेटर लायन रमेश लामा , चिफ ब्लड सर्भिस   बिनोद कुमार श्रेष्ठ,  चिफ अपरच्युनीटिफर युथ एक्सचेन्ज लायन पेमाछिरी शेर्पा,   ईमप्याक्ट एरिया चिफ   भुवन पोखरेल लायन श्रीचन केसी,  लायन बिष्णु लामिछाने, लगायत  ईमप्याक्ट IX   रिजन XXIII जोन XLV  अन्तर्गतका लायन्स क्लब अफ काठमाडौं रोयल हिमालयन लायन्स क्लब अफ काठमाडौं  क्रियटिभ  उमेन ,लायन्स क्लब अफ काठमाडौं भद्रकाली,लायन्स क्लब अफ काठमाडौं माकलबारी,  लायन्स क्लब अफ काठमाडौं  गेट वे, रहेको जोनका  पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुले सहभागिता जनाएका थिए  ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन्स क्लब  काठमाडौं रोयल हिमालयनका  सचिब नवराज ज्ञवालीले     झण्डाको अभिवादन बाचन  गरेका   थिए भने कार्यक्रममा एक मिनेट विश्व शान्तिको लागि मौन प्रार्थना समेत गरिएको थियो  । लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट रोशन बाबु श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।  ५ वटा क्लबले लायन वर्ष २०२० /२१  मा  बार्षिक रुपमा गरेका काम प्रस्तुत गर्दै लायन वर्ष २०२१ /२२ मा गर्ने सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं माकलबारीकि सचिब प्रमि शेर्पाले क्लबले गर्दै   आएको सामाजिक तथा मानवीय सेवाका कार्यको बिवरण  प्रस्तुत गर्दै आगामी योजनाको बारेमा  समेत जानकारी गराएकि थिइन ।त्यसै गरि अन्य क्लबका पदाधिकारीहरुले  आआफ्नो क्लबका प्रगति विवरण प्रस्तुत गरेका थिए  भने कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

खुल्ला समयमा लायन्स क्लबका भावी योजना र लायनहरुले गर्नुपर्ने काम, कर्तव्य र जिम्मेवारीका बारेमा लायन्समा आवद्ध विभिन्न क्लबका अध्यक्ष तथा अन्य पदाधिकारीबीच छलफल  समेत भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले  डिस्ट्रिक गभर्नरको थिम  मेक एन इम्प्याक्ट विषयलाई फोकस गरी सम्पूर्ण लायन्सहरु संगै मिलि लायन्सले गर्दै आएको समाज सेवामा टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनीहरुले अरुले पछ्याउने गरि सामाजिक क्षेत्रमा लायन्स क्लबहरुले बिभिन्न खालका कार्यक्रम संचालन गर्नुपर्नेमा पनि जोड दिएका थिए ।आफुहरु सदैब साथमा रहेको बताउदै सदैब आफुले जानेका बिषयमा जानकारी दिने समेत बताएका थिए। कार्यक्रममा लायन्स लिडरहरुले लायन्स क्लब र लायन्सहहरुको भूमिका अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा संक्षिप्तमा प्रकाश  पारेका थिए । कार्यक्रममा होस्ट क्लब लायन्स क्लब अफ काठमाडौं  हिमालयका प्रेसिडेन्ट समेत रहेका  लायन  भिष्म बिक्रम रायमाझीले धन्यवाद ज्ञापन गरेका थिए।

तपाइँको प्रतिक्रिया ।