ग्रिष्मकालीन ओलम्पिकको ३२ औं संस्करण आज बाट

कपन अनलाइन

 जापान, श्रावण ८ । ग्रिष्मकालीन ओलम्पिकको ३२ औं  संस्करण आजबाट जापानको टोकियोमा औपचारिक रुपमा सुरु हुँदै छ ।ओलम्पिकका केही खेलहरु दुई दिन अघिबाट नै सुरु भइसके पनि उदघाटनको औपचारिक समारोह भने आज हुन लागेको हो ।

नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट ओलम्पिकको उदघाटन समारोह सुरु हुनेछ । उदघाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोक्नेछिन् । नेपालबाट पौडीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।प्रतियोगितामा कोरोनाभाइरस संक्रमण नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।संक्रमणको जोखिमका कारण ओलम्पिक आयोजक कमिटी र आइओसीले विना दर्शक खेल सन्चालन गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।

फोटो : गुगल

तपाइँको प्रतिक्रिया ।