बुढानीलकण्ठ नगरपालिकामा हालसम्म ४,३५० जनाले जोन्सन एण्ड जोन्सन खोप लगाए
कपन अनलाइन
काठमाण्डौ ,साउन ७।
बुढानीलकण्ठ नगरपालिकामा हालसम्म ४,३५० पुगेको छ। नगरपालिकाद्वारा तोकिइका दुई खोप केन्द्रहरु वडा नं २ स्थित गणेश मा.वि र वडा नं १० स्थित बालउद्वार मा.वि गरि नगरपालिकाका उक्त संख्याले खोप लगाएका हुन्।
श्रावण ४, ५ र ६ गते तीन दिनको नगरपालिकाको जनस्वास्थ्य शाखाबाट प्राप्त विवरण अनुसार पहिलो दिन १,०८५, दोस्रो दिनमा १०६५ र तेस्रो दिनमा २२०० जनाले खोप प्राप्त गरिसकेका छन्।
पहिलो दिनममा ५३७ पुरुष र ५४८ महिला, दोस्रो दिन ५७४ पुरुष र ४९१ महिला र तेस्रो दिन ९६४ र १,२३६ जना महिला गरि कुल ४,३५० जनाले खोप लगाएको महाशाखाले जनाएको छ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार शुरु गरिएको उक्त अभियान अन्तर्गत खोप लगाउनका लागि तीन दिन तोकिएता पनि खोपको उपलब्धताका कारण आज श्रावण ७ गतेका लागि पुनः खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। खोप लगाउनका लागि तोकिएका लक्षित समुह गरि करिव १३०० जनालाई खोप प्रदान गरिने जनाइएको छ।