नेकपा एमालेले २२ सांसदलाई स्पष्टीकरण सोध्यो (पत्र सहित )
कपन अनलाइन
काठमाण्डौ ,साउन ६।
नेकपा एमालेले २२ सांसदलाई स्पष्टीकरण सोधेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो।
स्पष्टिकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ।पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टिकरण सोधेका हुन्।
तपाइँको प्रतिक्रिया ।