Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/217424111_1185049275315128_4351588086106750858_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वरका यी स्थान बाट कोरोना बिरुद्दको जोन्सन एन्ड जोन्सन खोप  लगाइने

कपन अनलाइन

काठमाडौं श्रावण ३ ।अमेरिकी सरकारले सहयोग गरेको जोन्सन एन्ड जोन्सन खोप  भोलि बाट गोकर्णेश्वर नगरपालिकामा लगाइने भएको छ ।

कोरोनाभाइरस विरुद्धको यो खोप एक डोज लगाए पुग्छ। नगरपालिकाले सो खोप   ५० देखि ५४ वर्षसम्मका नागरिक,  पूर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरु, हाल नेपालमा बसोबास गरेका शरणार्थीहरु र पहिला छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई भोलि देखि श्रावण ६ गते सम्म  श्री सहयोगी मा बी खोप केन्द्र गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्ण  र श्री चामुण्डा मा.बी गोकर्णेश्वर ६  नारायणटारमा   लगाउने भएको हो अमेरिकाले सोमबार जोन्सन एन्ड जोन्सन खोप १५ लाख ३४ हजार आठ सय ५० डोज दिएको थियो। यो पहिलो चरणमा काठमाडौंमा लगाउन लागिएको जनाइएको छ।

तपाइँको प्रतिक्रिया ।