Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/217466673_249664106670623_5749417060630667573_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/07/216543136_515652583027422_9167710591838619610_n-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनिको पद हस्तान्तरण तथा प्रथम बार्षिक कार्ययोजना बैठक सम्पन्न

कपन अनलाइन

काठमाडौं, श्रावण ३ । लायन्स  क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं उत्तरबाहिनिको पद हस्तान्तरण तथा प्रथम बार्षिक कार्ययोजना बैठक   सम्पन्न भएको छ ।शनिबार नारायणटार स्थित माछापुच्छ्रे क्याफेमा एक कार्यक्रमका बिच क्लबका बर्ष २०२०/२१का अध्यक्ष लायन गंगालाल श्रेष्ठले  बर्ष २०२१/२२का प्रेसिडेन्ट आर के श्रेष्ठलाइ पद हस्तान्तरण गरेका हुन।

उक्त कार्यक्रममा लायन श्रीचन केसी, लायन उदयराज भण्डारी, लायन संजय दहाल  लायन माधब ढुंगाना लायन राधाकृष्ण प्रजापति लगायत बर्ष २१-२२ का क्लब पधाधिकारीहरुको उपस्थिति रहेको थियो कार्यक्रममा  लायन बर्ष २०२१/२२ का अध्यक्ष आर के श्रेष्ठले पदभार ग्रहण गर्दै क्लबले गर्ने नियमित कार्य बाहेक पनि आफ्नो कार्यकालमा थप नयाँ र उदाहरणीय कार्यक्रमहरु गर्ने आफ्नो लक्ष्य रहेको बताएका थिए  ।

उनले क्लबले अहिले प्राप्त गरेको उचाईमा कमी हुन नदिई थप उचाईमा पुरयाउने प्रतिबद्धता समेत जनाएका थिए  । कार्यक्रममा क्लबको बार्षिक कार्य योजना  तथा क्लबले गरेका कार्यक्रमको समिक्षा  समेत गरिएको थियो।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।