नागार्जुन नगरपालिका वडा नं ६ मा व्यायाम केन्द्र र सिद्देश्वर सामुदायिक भवन उद्घाटन
कपन अनलाइन
काठमाडौं, श्रावण ३। नागार्जुन नगरपालिका वडा नं ६ रामकोट युथ क्लब व्यायाम केन्द्र तथा सिद्देश्वर सामुदायिक भवनको उद्घाटन गरिएको छ। बागमती प्रदेश पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्य केशव प्रसाद पोखरेलको सिफारिसमा विनियोजित रु.२०,००,०००/को लागतमा उक्त व्यायामशाला तथा भवनको निर्माण गरिएको हो आज एक कार्यक्रमका बीच उक्त व्यायामशाला तथा भवनको बागमती प्रदेश सभा सदस्य केशब प्रसाद पोखरेलले उद्घाटन गरेका हुन ।
सो कार्यक्रममा नागार्जुन नगरपालिका का उप प्रमुख सुशिला अधिकारी,वडा अध्यक्ष राजेन्द्र बुढाथोकी वडा सदस्यहरु सामाजिक अभियन्ताहरु,उपभोक्ता समिति का पदाधिकारी,महिला समूह तथा स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।उक्त केन्द्रले त्यस भेगका युवा तथा स्थानीयहरु लाई दैनिक रुपमा व्यायाम गर्न प्रत्यक्ष लाभ मिल्ने रामकोट युथ क्लबका अध्यक्ष सुजन भारतीले जानकारी गराए।
कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै नगर उप प्रमुख सुशिला अधिकारीले जनताको स्वास्थ्य नै नगरपालिकाको सम्पत्ति भएको भन्दै स्वास्थ्य जीवनको लागि व्यायामशाला र सहयोगी सिद्ध हुने बताइन ।उनले सो कामको लागि प्रदेश सरकारलाइ धन्यबाद समेत दिएकी छिन। साथै नगरपालिकाले सामुहिक हितलाई प्राथमिकता दिएर विकास निर्माण कार्यलाई अगाडि बढाइरहेको पनि बताएकी छिन ।