नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ८ इकाई समितिको सभापतिमा कृष्ण प्रसाद नेपालको दावी

नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ८ इकाई समितिको सभापतिमा कृष्ण प्रसाद नेपालको दावी

कपन अनलाइन

काठमाडौं श्रावण ३ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ ।महाअधिवेशन नजिकिन लाग्दा काङ्ग्रेसका नेता, कार्यकर्ताहरु पूर्णरूपले अधिवेशनकेन्द्रित हुन थालेका छन । काठमाडौं क्षेत्र नं ३ काँग्रेस पनि नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ। अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा छलफल गरिरहेका छन।

त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर वडा नं ८ इकाई समितिको सभापतिमा  वर्तमान कोषाध्यक्ष कृष्ण प्रसाद नेपालले दाबी गरेका छन । नेपाली कांग्रेसलाई आगामी चुनावमा विजयी बनाउनका लागि, सबैलाई सम्मानजनक ढंगले समेटेर अगाडी बढाउने योजना रहेको बताउउदै  नेपालले इकाई सभापतिमा उम्मेदवारी दिएको बताए । लामो समय नेपाली कांग्रेस को राजनीतिमा सक्रिय रहेका नेपालले वडाको संगठन र प्रभाव विस्तारका लागि इकाईमा आफ्नो योगदान आवश्यक  रहेको महसुस गर्दै इकाई सभापतिमा दावी गरेको बताएका छन।

काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर वडा नं ८ इकाई  कोषाध्यक्ष समेत रहेका नेपालले इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर पार्टीको नीतिनियम अनुसार अगाडी बढ्ने बताएका छन ।राजनीति संगै सामाजिक क्रियाकलापमा समेत आफ्नो छुट्टै छबि बनाएका नेपाल बेशिगाउँ युवा समुहका अध्यक्ष ,जोरपाटी फुटबल क्लबका सचिब त्यस्तै सिद्दिदात्री नवदुर्गा भगवती मन्दिरको सचिब समेत हुन । ०६२/०६३ को आन्दोलनबाट सक्रिय राजनीतिमा लागेका नेपाल नेपाली काङ्ग्रेसको १३ औ महाधिवेशनबाट गोकर्णेश्वर ८ नम्बर इकाइ कोषाध्यक्षमा निरन्तर ५ बर्ष  देखि जिम्मेवारी  बहन गर्दै आइरहेका छन ।

तपाइँको प्रतिक्रिया ।