कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ मा एक घर दुइ फलफुलका बिरुवा वितरण
कपन अनलाइन
काठमाडौं, श्रावण ३ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ मा नि:शुल्क फलफुलको बिरुवा वितरण गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.४ को आर्थिक सहयोगमा मिसन ग्रिन नेपाल बहुउद्देश्यीय नर्सरीले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले वडाबासीहरुलाई फलफुलको बिरुवा बितरण गरेका हुन। एक घर दुइ फलफुलका बिरुवा अभियान मार्फत उक्त बिरुवा वितरण गरिएको हो।
नगरलाई स्वच्छ, सफा र हरभरा बनाउन लागिपरेको बताउदै नगर प्रमुख थापाले वतावरण संरक्षणका लागि घर घरमा बिरुवा रोप्न नगरबासीहरुलाई आग्रह गरेका थिए ।आममानिसको स्वास्थ्यका लागि हरियाली वातावरण अपरिहार्य रहेको भन्दै उनले सो यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए ।नगरपालिकाले नगर सरसफाइ र हरियाली प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउदै पर्यावरण संरक्षण अहिलेको अपरिहार्य आवश्यकता भएको बताए ।फलफूलका बिरुवा रोपणले एकातिर हरियाली प्रवद्र्धन हुने र अर्कोतिरपछि फलफूलको उपलब्धतापनि हुने बताए ।कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, वडा अध्यक्ष भाइकाजी अधिकारी लगायत वडाबासीहरुको सहभागिता रहेको थियो ।