एस हेवी इक्युपमेन्ट बजारमा

एस हेवी इक्युपमेन्ट बजारमा

एक्सन कन्ट्रक्सन इक्युपमेन्ट लि. ईन्डियाको एस ब्राण्डका हेवी इक्युपमेन्ट लाई आईडी एमसी प्रा.लि.ले बजारमा ल्याएको छ । कम्पनीले एस ब्राण्डका रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहुइ लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन बजारमा उपलब्ध गराउने भएको छ । एस ब्राण्डको सोल कम्पयाक्टर १० र ११ टनमा उपलब्ध हुनेछ भने डबल ड्रम कम्प्याक्टर ३ र ८ टनमा माटो र पिच दुवैमा काम गर्न सक्ने क्षमताको हुने बताइएको छ । त्यसैगरी मोबाइल क्रेन ३ देखि ७० टन सम्म र लरी क्रेन ३, ५ र १० टनमा उपलब्ध हुने तथा जुन सिधा र दायाँ बायाँ सजिलै मोड्न सकिने जनाइएको छ ।

_DSC0083
एक्सन कन्स्ट्रक्सन ईक्युप्मेन्ट लि. र आईडीएमसी प्रा.लि.को संयुक्त आयोजनामा राजधानीमा आयोजित औपचारिक शुभारम्भ कार्यक्रममा एक्सन कन्ट्रक्सन इक्युपमेन्ट लि. का अध्यक्ष प्रदिप शर्मा, मेनेजर तथा अन्तर्राष्ट्रिय व्यवस्थापक सत्येन्द्र सिंह भोगाल, टेक्निकल प्रमुख पुनित नरौला र आइडिएमसी प्रा.लि.का अध्यक्ष प्रवीण ढुंगानाको सहभागीता रहेको थियो । सो अवसरमा मुलुकभरका क वर्गका निर्माण व्यवसायीहरुको उल्लेख्य सहभागीता रहेको थियो । सो अवसरमा आईडीएमसी प्रा.लि.का अध्यक्ष प्रवीण ढुंगानाले नेपालमा एस ब्राण्डका उत्पादनको महत्व र आवश्यकता माथी प्रस्ट्याउनुभएको थियो । कार्यक्रममा आइडिएमसीका प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदील एस ब्राण्डका हेवी इक्युपमेन्टहरु नेपालको भौगोलिक वातावरण सुहाउँदो तथा टावर क्रेन जडान गर्न सजिलो, जहाँसुकै लिएर जान सकिने तथा १० तलासम्मको भवनहरुको लागि उपयुक्त रहेकोे बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।