गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सरसफाई अभियान शुरु

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सरसफाई  अभियान शुरु

कपन अनलाइन  

काठमाडौँ, श्रावण २। गोकर्णेश्वर नगरपालिका वडा नं ४ का किसिगाल क्षेत्र बाट  सरसफाई आभियान शुरु  गरिएको छ । वडालाई स्वच्छ र सुन्दर बनाउने उदेश्य सहित गोकर्णेश्वर नगरपालिका वडा नं ४ को आयोजना तथा किसिगाल टोल सुधार समिति. किसिगाल ग्वःहाली पुच,बिपत व्यवस्थापन समिति गोकर्णेश्वर ४ सहितका संस्थाको सहकार्यमामा उक्त क्षेत्रको सरसफाई गरिएको हो।

फोहोर बाट निम्तिन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरण  गर्न र मानिसहरुलाई सरसफाइ सम्बन्धि जनचेतना जगाई सरसफाइमा उत्प्रेरणा जगाउने उदेश्य सहित सरसफाई कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी गराए । उनले  वडाका अन्य भागको पनि नियमित रुपले सरसफाई गर्ने योजना रहेको जानकारी गराए । आजबाट शुरु भएको सो अभियान मार्फत नाली सफा गर्नु को साथै बाटोमा जथाभावी फ्याकिएका प्लास्टिक तथा सिसाजन्य फोहोर संकलन गरिनुको साथै झाडीहरु समेत फाडीएको थियो ।

 सरसफाई  गरिएको थियो।उक्त कार्यक्रममा वडा सदस्य बालकृष्ण श्रेष्ठ, वडा सचिब नवराज सेन बिपत व्यवस्थापन समिति गोकर्णेश्वर ४का सदस्य धुर्ब नापित  किसिगाल टोल सुधार समिति. किसिगाल ग्वःहाली पुच,का सदस्यहरु सहित स्थानीयको स्व. स्फुर्त  उपस्थिति रहेको थियो ।

सफा वडा नै आफनो पहिचान, परिचय अनि सभ्यता  संग गासिएकोले आफनो वडालाइ  सभ्य र सफा वडा वनाउनको लागि  वडा कार्यलय मार्फत सरसफाई कार्यक्रम आयोजना गरिएको वडा सचिब नवराज सेनले जानकारी गराए। सरसफाईमा जुटेका युवाहरुले स्थानीय तहमा युवाहरु नै जागरुक बनाइ  सामाजिक कार्यमा लाग्न  प्रेरित  गर्ने खालका कार्यक्रमलाइ निरन्तरता दिनु पर्ने बताएका छन ।

तपाइँको प्रतिक्रिया ।