गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान कार्यक्रम  सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान कार्यक्रम  सम्पन्न

कपन अनलाइन

 काठमाडौं,श्रावण २। गोकर्णेश्वर नगरपालिका वडा नं ३  सुन्ताखानमा रक्तदान कार्यक्रम  सम्पन्न भएको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफे द्वारा समुन्नत जालपा देवी युवा क्लब र कोरोना रोकथाम, व्यवस्थापन तथा असर न्यूनिकरण युवा समुह संगको सहकार्यमा आज गोकर्णेश्वर नगरपालिका वडा नं ३ को कार्यलय परिसरमा बिहान १० बजे देखि १ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सुरक्षित तवर बाट संचालन भएको उक्त कार्यक्रममा जना महिला  तथा ४४ जना पुरुष  गरि कुल ५० जना  रक्तदाताले रक्तदान गरेको लायन्स क्लब अफ काठमाडौं डाँफेका वर्ष २०२१/२२का प्रेसिडेण्ट इलेक्ट लायन बच्चुराम शर्मा कुईकेलले जानकारी गराए।

 

उनले छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ५० जनाले मात्र रक्तदान गरेको जानकारी गराए। बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकको तर्फ बाट अध्यक्ष कुइकेलले  धन्यबाद दिएका छन । कार्यक्रममा आयोजक संस्थाका पदाधिकारी सहित लायन्स लिडरहरुको उपस्थिति रहेको थियो

 

 

तपाइँको प्रतिक्रिया ।