कागेश्वरी मनोहरा नगरपालिकाका खोप केन्द्रहरुको अनुगमनमा प्रमुख कृष्णहरि थापा
कपन अनलाइन
काठमाडौं ,श्रावण २ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा सहितको टोलि द्वारा नगरपालिका भित्र संचालनमा रहेका कोभिड विरूद्धको खोप केन्द्रको अनुगमन गरेका छन ।कागेश्वरी मनोहरा नगरपालिकाले घुम्ती टोलि मार्फत कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइरहेको छ । नगरपालिकाले ५ वटा खोप केन्द्र तोकी खोप प्रदान गर्दा समेत भिड भाड नघटे पछि नगरपालिकाको स्वास्थ्य शाखाले घुम्तिटोलि मार्फत खोप लगाउन शुरु गरेको हो । नेपाल सरकारले २०७८ साल असार २९ गते देखि २०७८ साल श्रावण २ गते सम्म संचालन गर्ने भनिएको खोप अभियान काठमाडौंमा हाल मौजुदा रहेको भेरोसेल खोपको मौज्दात समाप्त भएको हुँदा खोप अभियान स्थगित गरे पनि कागेश्वरी मनोहरा नगरपालिकाले भने आफ्नो नगरबासीहरुलाई मौज्दात रहेको खोप लगाएको हो ।
नगरपालिकाले असार २९ गते देखि श्रावण २ गते सम्म ५५ वर्ष माथिका एक मात्रा पनि खोप नलगाएका ब्यक्तिहरु, विश्वबिद्यालय, बिध्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक सहचालकहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न ब्यक्तिहरु र खोप अनिवार्य गरेको देशमा जाने व्यक्तिहरुका लागि कोभिड-१९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाइरहेको छ। आज नगर प्रमुख थापाले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटार स्थित अक्षरिका स्कुलमा संचालित खोप केन्द्रको अनुगमन गरेका हुन । उनले उक्त खोप केन्द्रलाई आवश्यक थप ५० थान खोप समेतवडा अध्यक्ष श्री चापागाईलाइ प्रदान गरेका थिए खोप केन्द्रको अनुगमन पश्चात नगर प्रमुख थापाले केन्द्रहरुको व्यवस्थापन राम्रो भएको, सेवाग्राहीले सुरक्षित सेवा पाएको अनुभूति गरेको प्रतिक्रिया दिएका छन ।