एकै दिन नेकपा एमाले काठमाण्डौका १० निर्वाचन क्षेत्रमा बैठक, तिन महत्वपूर्ण निर्णय

एकै दिन नेकपा एमाले काठमाण्डौका १० निर्वाचन क्षेत्रमा बैठक, तिन महत्वपूर्ण निर्णय

कपन अनलाइन

काठमाण्डौ ,साउन २।

नेकपा एमाले काठमाण्डौ जिल्लाका १० निर्वाचन क्षेत्रमा साउन २ गते सनिवार एकै दिन क्षेत्रीय कमिटीको बैठक सम्पन्न भएका छन। असार ३० गते बसेको नेकपा एमाले काठमाण्डौ जिल्ला सचिवालय बैठकको निर्णय अनुसार सबै निर्वाचन क्षेत्रमा बैठक बसेका थिए।

क्षेत्र नं १ ( प्रदेस सभा सदस्य गणेश दुलालको सचिवालय ),क्षेत्र नं २ (क्षेत्रीय कार्यालय थली ) ,क्षेत्र नं ३ (ड्रिम हाउस इन्टरनेसनल ),क्षेत्र नं ४  (कपन ),क्षेत्र नं ५ (लर्ड पार्टी प्यालेस ),क्षेत्र नं ६( महेन्द्र सामुदायिक भवन),क्षेत्र नं ७ ( क्षेत्रीय कार्यालय ),क्षेत्र नं ८ ( हनुमान ढोका ),क्षेत्र नं ९  (गोल्ड स्टार बैन्केट ) र क्षेत्र नं १० मा  भर्चुअल माध्यम बाट भएका बैठकले काठमाण्डौ जिल्लाका हरेक संगठित सदस्यहरु र जनहरुको विचमा पुग्ने योजनाहरुका वारेमा छलफल गरेका थिए।

नेकपा एमालेको केन्द्रिय र विभिन्न शाखा तथा पालिका कमिटीहरुको अधिवेशनको मिति तय भए संगै सदस्यता नविकरण,संगठन सुद्दिकरण र सुदृढीकरण जस्ता तिन महत्वपूर्ण निर्णय गरेका १० निर्वाचन क्षेत्रका बैठकमा क्षेत्रीय कमिटीका संयोजकहरुले अध्यक्षता गरेका थिए भने जिल्ला कमिटी सदस्यहरु,नगर कमिटी अध्यक्ष,शाखा कमिटी अध्यक्ष र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।

आज भएको बैठकमा क्षेत्र नं १ को अध्यक्षता धन बहादुर अछामीले गरेका थिए भने प्रमुख अतिथि प्रदेस सभा सदस्य तथा जिल्ला सचिवालय सदस्य गणेश प्रसाद दुलाल रहेका थिए।

त्यस्तै क्षेत्र नं २ को अध्यक्षता सृजन शर्मा र प्रमुख आतिथ्यता रास्ट्रिय प्रतिनिधि परिषद सदस्य बुद्ध भक्त चित्रकारले गरेका थिए भने क्षेत्र नं ३ मा विश्व राम श्रेष्ठको अध्यक्षता र केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यता रहेको थियो।

यसै गरि काठमाण्डौ क्षेत्र नं ४ को अध्यक्षता तेज ढकालले र प्रमुख आतिथ्यता   केन्द्रीय सदस्य डा. राजन भट्टराईले गरेका थिए भने प्रदेस सभा  सदस्य तथा जिल्ला सचिव  दिपक निरौलाको अध्यक्षतामा भएको क्षेत्र नं ५ को बैठकमा महासचिव ईश्वर पोखरेल अध्यक्ष रहेका थिए भने प्रदेस सभा सदस्य तथा जिल्ला सह इन्चार्ज नारायण सिलवाल अतिथि रहेका थिए।

त्यस्तै विश्व नाथ  लामिछानेको अध्यक्षतामा भएको काठमाण्डौ क्षेत्र नं ६ को बैठकमा जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो भने विश्व राम सापकोटाको अध्यक्षतामा भएको क्षेत्र नं ७ को बैठकमा रास्ट्रिय प्रतिनिधि परिषद सदस्य किरण शर्मा प्रमुख अतिथि रहेका थिए।यसै गरि निमा घ्याम्चुको अध्यक्षतामा भएको काठमाण्डौ क्षेत्र नं ८ को बैठकमा प्रदेस सभा सदस्य तथा रास्ट्रिय प्रतिनिधि परिषद सदस्य राजेश शाक्य प्रमुख अतिथि रहेका थिए।

त्यस्तै क्षेत्र नं ९ को बैठक अवन्ति सिग्देलको अध्यक्षता र केन्द्रीय सदस्य तथा काठमाण्डौ इन्चार्ज कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता र काठमाण्डौ महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यको उपस्थितिमा सम्पन्न भएको थियो भने क्षेत्र नं १० को बैठक हरि भक्त महर्जनको अध्यक्षतामा भर्चुअल माध्यम बाट भएको थियो।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।