एनआरएनए अस्ट्रेलियाको निर्वाचन:स्वतन्त्र युवाहरुको तर्फ बाट राजधानी Canberra को सचिबमा बासु चापागाईको उम्मेदवारी
कपन अनलाइन
अस्ट्रेलिया, श्रावण १ । नेपालबाट अस्ट्रेलिया गइ बसोबास गर्ने नेपालीहरूको संस्था NRNA को निर्वाचन आगामी जुलाई ३१ मा Australian Capital Territory मा पनि सम्पन्न हुँदै छ । निर्वाचन नजिकिंदै गर्दा नेतृत्वको लागि चुनावी सरगर्मी बढ्दै गइरहेको छ । विगतमा निर्वाचित नेतृत्वले व्यक्तिवादी अनि स्वेच्छाचारी ढङ्गले आफू र आफ्ना अनुकूल व्यक्तिहरूको सीमित घेरा भित्र रही एनआरएनए जस्तो गरिमामय संस्थालाइनै बदनामी बनाउने काम भएको भन्दै यसपटक स्वतन्त्र युवाहरुको टिम चुनावी मैदानमा उत्रिने भएपछि निर्वाचनप्रति धेरैको ध्यान तानेको छ ।
‘NRNA को गरिमा लाई उच्च बनाउनका लागि अभिषेक उप्रेतीको संयोजकत्वमा सचिव, सह सचिव,कोषाध्यक्ष, यूथ संयोजक तथा सदस्य क्रमशः बासु चापागाईँ, समीर आचार्य, रौनक कोइराला, रबिन मैनाली तथा श्रीनिवास( निशान्त) नेपाल सहित अन्य स्वतन्त्र युवाहरूको टिम मैदानमा उत्रिएका छन बिगतका नेतृत्वको गल्तीले संस्था बदनाम भएको बताउँदै अस्ष्ट्रलियाका नेपालीहरुमा ब्यापक असन्तुष्ट छाएकोले त्यस्ता असक्षम नेतृत्वलाई मत परिमाण बाट परास्त गर्न आफुहरु स्वतन्त्र समूहको नाउँमा चुनावी मैदानमा उत्रिनु परेको सचिब पदका उम्मेदवार बासु चापागाईँ बताउछन।
गोकर्णेश्वर नगरपालिकामा जन्मिएका बासु अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरको लायन बर्ष २०१३/ १४ मा सचिब पदमा रहेर काम गरिसकेका छन ।उनले आफ्नो टिम बिजयी भएमा सदस्य संख्यामा बृद्दि गर्ने बताएका छन । हाल अष्ट्रेलीयामा रहेका नेपालीहरुको संख्याले करिब एक लाख नाघिसकेको स्थीति छ । यत्रो जनसंख्या हुदा हुदै पनि एनआरएनए को सदस्य जम्मा १६ हजार को हाराहारीमा रहेको जुन कुल जनसंख्याको १० प्रतिशत मात्रै भएको हुँदा आफु बिजयी भएको खण्डमा सदस्यहरुको संख्यालाई उल्लेख्य रुपमा बृद्धि गराउनको लागी आबश्यक पहल गर्ने बताएका छन।
उनले अलिकति मेहेनत गरि सदस्यता सम्बन्धी ब्यबस्थाहरुलाई सुधार मात्रै गर्ने हो भने पनि हामी यो संख्यालाई बढाएर कम्तीमा २५,००० देखी ५०,००० को हाराहारीमा पुर्याउन सकिने हुँदा त्यसको लागि लागी संस्थालाई अझबढी समाबेशि बनाउनु अत्यन्त जरुरी रहेको उनि बताउछन्। सदस्यतामा भएका बिकृतिहरुलाई रोक्ने, Australia को राजधानी Canberra मा पशुपति नाथको मन्दिर स्थापना को लागी सरोकार वालाहरुसंग ठोस पहल गर्ने, नेपाली बिद्यार्थीहरुको बृति बिकास मा जोड दिदै विभिन्न कार्यक्रम गर्ने, समाजमा अग्रणी भूमिकामा रहनुभएका अभियन्ता हरुलाई सम्मान गर्ने तथा ब्यापक रुपमा महिला सहभागिता को लागी प्रोत्साहित गर्ने तथा एनआरएनएले नेपाल र नेपालीको लागी गर्ने त छदैछ अब अष्ट्रेलीयाकै बिभिन्न निकायहरुमा पनि नेपाली समुदायका सदस्यहरु स्थापीत हुन जरुरी रहेको उनि बताउछन् ।
उनि भन्छन राम्रो डाक्टर, ईन्जीनियर, खेलाडी, अर्थशास्त्री आदीको नाम लिदापनि नेपाली मुल नछुट्ने अबस्था श्रृजना गराउनको लागी सामुहिक रुपमा पहल गर्न आवश्यक छन जसको लागि । एनआरएनए सदस्यहरुको बृति बिकाशको लागी कार्यक्रम गरिनुपर्ने हुँदा आफु बिजयी भएको खण्डमा यी कुराहरुलाई अघि बढाउने उनि बताउछन ।