पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात

कपन अनलाइन

काठमाडौं श्रावण १ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको हो ।

अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको  र मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको  छ ।

फोटो : सामाजिक संजाल

 

तपाइँको प्रतिक्रिया ।