जापानले नेपाललाई १६ लाख डोज एस्ट्रेजेनेका खोप दिने
कपन अनलाइन
काठमाडौँ, असार २९ ।
जापान सरकारले कोभ्याक्स मार्फत नेपाललाई १६ लाख डोज एस्ट्रेजेनेका खोप उपलब्ध गराउने भएको छ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै जापानी परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले औपचारिक रुपमा सो घोषणा गरेका हुन् । नेपालले उक्त खोप कहिले प्राप्त गर्छ भन्ने विषयमा भने अहिले टुंगो लागिसकेको छैन ।
जापानले मंगलबार नेपालसहित बंगलादेश, कम्बोडिया, इरान, लाओस र श्रीलंका लगायतका १४ एसियाली देशलाई करिब एक करोड दशलाख डोज सहयोग गरेको हो । जापानले दुई पक्षीय सम्झौता अनुसार इन्डोनेसिया, ताइवान र भियतनामलाई बिहीबार नै १०-१० लाख डोज खोप निर्यात गर्ने भएको छ ।
तपाइँको प्रतिक्रिया ।