काठमाडौं महानगरपालिका–३१ कत्यानी चोक बाट पेस्तोलसहित एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असार २८।

प्रहरीले पुरानो बानेश्वरबाट प्रहरीले एक युवकलाई पेस्तोलसहित पक्राउ गरेको छ। सिरहाका जय प्रकाश महतोलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका–३१ कत्यानी चोक नजिकैबाट महतोलाई पेस्तोलसहित पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय कार्यालय रानिपोखरीले जनाएको छ।

महानगरीय प्रहरी कार्यालय कार्यालय रानिपोखरी र वानेश्वर वृत्तको टोलीले उनलाई पक्राउ गरेको हो। ‘मेड इन युएसए’ लेखिएको पेस्तोलसहित उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले बताए।

सिंहका अनुसार गम्छा र रुमालले बेरेर प्लाष्टिकको झोलामा पेस्तोल बोकेर हिँडेको अवस्थामा महतो पक्राउ परेका हुन्। बिक्रि गर्ने उद्देश्यले उनले सो पेस्तोल बोकेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाइँको प्रतिक्रिया ।