कीर्तिपुर नगरपालिकामा महिला क्षमता अभिवृद्धि तथा बचत समुहको लेखा व्यवस्थापन सम्बन्धी तालिम शुभारम्भ

कीर्तिपुर नगरपालिकामा महिला क्षमता अभिवृद्धि तथा बचत समुहको लेखा व्यवस्थापन सम्बन्धी तालिम शुभारम्भ

कपन अनलाइन

काठमाडौँ, असार २८ ।कीर्तिपुर नगरपालिका वडा नं ३ मा महिला क्षमता अभिवृद्धि तथा बचत समुहको लेखा  व्यवस्थापन सम्बन्धी पांच दिने तालिम शुभारम्भ भएको छ  ।सांस्कृतिक र प्राकृतिक सम्पदा युक्त शैक्षिक एबम पर्यटकीय सहर, स्वच्छ ,हराभरा समाबेशी तथा सम्मुनत हाम्रो कीर्तिपुर नगर भन्ने मूल नाराको साथमा महिला क्षमता अभिवृद्धि तथा बचत समुहको लेखा  व्यवस्थापन सम्बन्धी पांच दिने तालिम शुभारम्भ भएको हो । कीर्तिपुर नगरपालिका वडा न १ बाघभैरवस्थान स्थित हिल टाउन स्कुलमा उक्त तालिमको नगर प्रमुख रमेश महर्जनले उद्घाटन गरेका हुन ।

उक्त कार्यक्रममा नगर उप प्रमुख सरस्वती खड्का लगायत जनप्रतिनिधि सहित प्रशिक्षक  एबम प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो  । समुहमा काम  गरिरहेका  उद्यमी महिलाहरुलाई आफै आफ्नो हिसाव व्यवस्थित गर्न सहयोग गर्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।