कागेश्वरी मनोहरा नगरपालिकाका १३ हजार ५ सय ७१ जनाले खोप लगाए
कपन अनलाइन
काठमाडौँ, असार २८ ।कागेश्वरी मनोहरा नगरपालिकामा हालसम्म पहिलो र दोस्रो चरणको खोप जम्मा गरि १३ हजार ५ सय ७१ जनाले लगाएका छन् ।
जसमा कोरोनाको खोप कोभिसिल २२६० जना, भेरोसिल पहिलो र दोस्रो गरि ११३११ जना रहेको नगर प्रमुख कृष्णहरि थापाले सामाजिक संजाल मार्फत जानकारी गराएका छन । उनका अनुसार कोभिसिल पहिलो खोप मिति २०७७ फाल्गुन २३ गते देखि चैत्र ३ गते सम्म २२६०जनाले लगाएका छन भने भेरोसिल खोप मिति २०७८जेष्ठ २ देखि जेष्ठ ११ गते सम्म (दोस्रो डोज) ३३९६ जनाले लगाएको उल्लेख गरेका छन ।त्यसै गरि भेरोसिल मिति २०७८ जेष्ठ २५ गते देखि जेष्ठ २७ गते सम्म (पहिलो डोज )३००० जनाले र ,भेरोसिल २०७८ आषाढ २२ गते देखि २४ गते सम्म दोस्रो खोप ४९१५ जनाले लगाएको जानकारी गराएका छन ।
तपाइँको प्रतिक्रिया ।