गोकर्णेश्वर ५ बासुकीनगरमा सिसिटिभी जडान

गोकर्णेश्वर  ५ बासुकीनगरमा सिसिटिभी जडान

कपन अनलाइन

काठमाडौँ, असार २७। गोकर्णेश्वर नगरपालिका वडा नं ५ बासुकीनगरमा सिसिटिभी जडान गरिएको छ ।  नगरपालिकाको आर्थिक सहयोगमा दुर्घटना न्यूनीकरण र सुरक्षा निगरानी बढाउनका लागि  वासुकीनगरमा जडान गरिएको  सिसी क्यामेराको शनिबार एक कार्यक्रमका बीच  गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी र महानगरीय प्रहरी बृत बौद्धका कार्यलय प्रमुख  प्रहरी नायव उपरिक्षक दुण्डीराज न्यौपानेले संयुक्त रुपमा उदघाटन गरेका हुन ।

उक्त कार्यक्रममा  वडा नम्बर ५ का वडा सदस्य मुकुन्द फुयाँल,दुर्गा फुयाँल तिम्सिीना,नयाँबस्ती युवा क्लबका सचिव चन्द्रमणी गौतम, नयाँबस्ती युवा क्लबका निवर्तमान अध्यक्ष सुभाष पुडासैनी,क्लबका कोषाध्यक्ष राजेन्द्र खनाल,नयाँ बस्ती प्रहरीबीट प्रमुख  हरी सहायक निरीक्षक लोकेन्द्र गिरी लगायत महिला समुह, बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो । कार्यक्रमको अध्यक्षता वासुकीनगर  टोल बिकास समाजका उपाध्यक्ष कृष्ण बहादुर नगरकोटीले गरेका थिए भने कार्यक्रम सञ्चालन समाजका अध्यक्ष गिरीराज ओझाले गरेका थिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण बहादुर सुवेदीले पछिल्लो समयमा विभिन्न चोरी, डकैती लगायतका विभिन्न अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी उपकरणको रुपमा प्रयोग हुने भएको कारण सिसिटिभी शुरक्षा दृष्टीकोणले महत्वपुर्ण रहेको जानकारी  गराए । सिसिटिभीले  टोलको सुरक्षामा महत्वपुर्ण भुमिका  खल्ने  बिश्वास  समेत ब्यक्त गरेका थिए ।कार्यक्रममा बोल्ने बक्ताहरुले अपराध नियन्त्रण र दुर्घटना न्यूनीकरणमा सिसिटिभी जडानले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।  त्यसै गरि दुर्घटना पछिको रेस्क्यू, अपराधपछि भाग्ने अवस्थाको अन्त्य पनि सिसिटिभी जडानले हुने  बिश्वास ब्यक्त गरेका थिए   ।

तपाइँको प्रतिक्रिया ।