शहीद तथा शान्ति पार्क परिसर गोकर्ण जगडोलमा लायन्स क्लबको वृक्षारोपण

शहीद तथा शान्ति पार्क परिसर गोकर्ण जगडोलमा लायन्स क्लबको वृक्षारोपण

कपन अनलाइन

काठमाडौँ, असार २७ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स तथा लियो क्लबले संयुक्त रुपमा शहीद तथा शान्ति पार्क परिसरमा वृक्षारोपण, सरसफाईका साथै गत साल रोपिएका बिरुवाहरुको गोडमेल गरिएको छ ।लायन्स क्लब अफ काठमाडौँ जोरपाटी, लियो क्लब अफ काठमाडौँ जोरपाटी तथा लियो क्लब अफ सोसियल वर्करको आयोजनामा शनिबार वृक्षारोपण गर्नुका साथै गत साल रोपिएका विरुवाको गोडमेल तथा सरसफाइ गरिएको हो ।

लायन बर्ष २०२१।०२२ को इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले लायन बर्षको सुरुवातको पहिलो हप्तालाई Service Week को रुपमा बिबिध सेवाका कार्यहरु गरि मनाउन गरेको आव्हानलाइ मध्यनजर गर्दै  क्लबले वृक्षारोपण,सरसफाईका साथै गत साल रोपिएका बिरुवाहरुको गोडमेल गरेको कार्यक्रम संयोजक लायन प्रकाश अधिकारीले कपन अनलाइनलाइ जानकारी गराए। उनका अनुसार क्लबले  करीब १०० नयाँ बिरुवा रोप्नुका साथै   गत साल रोपिएका १०० बिरुवा गोडमेल तथा वरिपरि सरसफाइ गरिएको  जानकारी गराए   ।

उक्त कार्यक्रममा Multiple Council का सुनिल भक्त श्रेष्ठ , पास्ट डिस्ट्रिक  गभर्नर कुमार राज सुबेदी , टंक बहादुर श्रेष्ठ , फर्स्ट भाईस डिस्ट्रिक्ट गभर्नर कर्म गुरुङ , लायन दीपेन्द्र शाक्य , लायन धन लामिछने , लायन श्याम रुपाखेती , लायन सुरेन्द्र बलाय , लायन होमकान्त चौलागाईं ,लायन शुदर्सन सिग्देल , लायन कुमार श्रेष्ठ लगायत आयोजक संस्थाका पदाधिकारी सहित लायन्स लिडर तथा सदस्यहरुको  उपस्थिति रहेको थियो। 

 

तपाइँको प्रतिक्रिया ।