बुढानीलकण्ठ नगरपालिकाका ४,४५८ जनाले खोप लगाए

बुढानीलकण्ठ नगरपालिकाका ४,४५८ जनाले खोप लगाए

कपन अनलाइन

काठमाण्डौ ,असार २४।

बुढानीलकण्ठ नगरपालिकामा भेरोसेलको दोस्रो मात्राको खोप अभियान अन्तर्गत असार २२ र २३ गते गरि ४,४५८ जनाले खोप लगाएका छन्। कोभिड १९ विरुद्धको चीन सरकारद्वारा प्राप्त खोप भेरोसेलको खोप पहिलो मात्रा लगाइसकेका र दोस्रो मात्राको पर्खाईमा रहेकाहरुले खोप प्राप्त गरेको नगरपालिकाले जानकारी दिएको छ।

नगरपालिकाका  अनुसार असार २२ गते हिजो १,२०३ र १,२७४ जना पुरुष गरि कुल २४७७ जनाले खोप लगाएका थिएभने असार २३ गते   ९४४ महिला र १,०३७ जना पुरुष गरि १,९४९ जना गरि कुल ४,४५८ ले खोप लगाएका थिए ।

साथै उक्त खोप अभियान अन्तर्गत आज असार २४ गते खोप लगाउने अन्तिम दिन रहेकोले  छुट्नुभएका व्यक्तिहरुले खोपको सेवा लिन नगरपालिकाले  अनुरोध गरेको छ ।

बुढानिलकण्ठ  नगरपालिकामा  वडा नं १३ मा रहेको करुणा अस्पताल र बुढानीलकण्ठ ३ स्थित घुम्ति स्वास्थ्य चौकीमा  खोप केन्द्र रहेका छन ।

तपाइँको प्रतिक्रिया ।