हेलम्बु गाउँपालिकालाई नेकपा एमाले बागमती प्रदेश कमिटीको सहयोग

हेलम्बु गाउँपालिकालाई नेकपा एमाले बागमती प्रदेश कमिटीको सहयोग

कपन अनलाइन

काठमाण्डौ ,असार २४ ।

हेलम्बु गाउपालिकालाई नेकपा एमाले बागमती प्रदेश कमिटीले छ लाख नगद सहयोग गरेको छ।

प्रदेश इन्चार्ज एवम् पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङ ,सहइन्चार्ज कासिनाथ अधिकारी,अध्यक्ष अनन्द्र पोखरेल ,सचिव खेमलोहनी , पार्टी केन्द्रीय सदस्य एवम् खेलकुद महासंघका इन्चार्ज दावालामा लगायत नेकपा एमालेका विभिन्न जिल्लाका अध्यक्षहरुको संयुक्त उपस्थितिमा  ६ लाख रुपैया विभिन्न हेलम्बुका विभिन्न संरक्षण समितिलाई हस्तान्तरण गरिएको  हो ।

तेर्से मावि एवम् बजार संरक्षण समितिकालागि नेकपा एमालेलेको तर्फबाट दुइलाख र नेपाल ओैषधि व्यावसायि संघबाट ४० हजार ,सरस्वती मावि एवम् बजार संरक्षण समितिका लागि कमिटीको तर्फबाट दुई लाख र व्यावसायि संघबाट ४० हजार साथै चनौटे बजार संरक्षण हेलम्बु युवा समाज कल्बका लागि कमिटीको तर्फबाट दुई लाख तथा व्यावसायि संघबाट ४० हजार रकम हस्तान्तरण गरिएको छ।

मेलम्चीमा संरक्षण समिति आधिकारिक रुपले नबनेको हुनाले रकम कोषमा मात्रै जम्मा भएको र संरक्षण सिमित बन्ना साथ उक्त रकम समितिलाई हस्तान्तरण गरिने उहाँको भनाइ रहेको छ। साथै प्रदेश कमिटीको समन्वयमा नेपाल चाइना हिमालयन फ्रेन्डसीप सोसाइटीको तर्फबाट त्रीपाल ,टेन्ट,कराई थाल , जग, कचौरा ,मन्जन ब्रस लगायत अन्य आवश्यक सामग्रीहरु पनि वितरण गरिएको थियो  ।

तपाइँको प्रतिक्रिया ।