इङ्ल्यान्ड युरो कपको फाइनलमा

इङ्ल्यान्ड युरो कपको फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असार २४।

युराेकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलाेपटक इङ्ल्यान्डमा फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान बनाएको हो ।

सन् १९६० देखि सुरु भएकाे युराेकपमा इङ्ल्यान्ड फाइनलसम्म पुग्न सकेकाे थिएन । डेनमार्कले भने सन् १९९२ मा उपाधि उचालेकाे थियाे ।

इङ्ल्यान्डले सेमिफाइनलको दोस्रो खेलमा डेनमार्कमाथि जित निकाल्दै इटालीसँगको उपाधि भिडन्त पक्का गरेको हो । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन ह्यारी केनले एक गोल गरे । एक गोल इङ्ल्यान्डले आत्मघाती उपहार पाएको थियो ।

खेलमा सुरुवाती अग्रता भने डेनमार्कले बनाएको थियो । डेनमर्काका लागि खेलको ३० औँ मिनेटमा मिकेल डम्सागार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

३९ औँ मिनेटमा इङ्ल्यान्डले आत्मघाती गोल मार्फत बराबरी गर्ने मौका पायो । डेनमार्कका सिमोन काजेरले इङ्ल्यान्डका रहिम स्ट्रर्लिङले हानेको बल बचाउ गर्न खोज्दा गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको इङ्ल्यान्डले दोस्रो हाफमा गोल गर्न सफल भएको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरी सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा इङ्ल्यान्डले गोल गर्न सफल भयो । खेलको १०४ औँ मिनेटमा ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

तपाइँको प्रतिक्रिया ।