नर्स प्रतिमाको पहलमा बृद्धिम स्वास्थ्य चाैकीलाई अक्सिजन लगायत स्वास्थ्य सामाग्री सहयोग

नर्स प्रतिमाको पहलमा बृद्धिम स्वास्थ्य चाैकीलाई अक्सिजन लगायत स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

रसुवा ,असार २४ /सुजन तामाङ  लोपेन

“काेराेना  बाट आफु बचाैं र अरूलाई पनि बचाऊ” अभियान  अन्तर्गत नर्स प्रतिमाले साविक बृद्धिम गाविस तथा हालकाे गाेसाइकुण्ड गाँउपालिका वडा नम्बर ३ स्थित बृद्धिम स्वास्थ्य चाैकीलाई  अक्सिजन लगायत महत्त्वपूर्ण स्वास्थ्य सामाग्रीहरू सहयोग गरेकी छन।

पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस कोभिड-१९ को संक्रमण रसुवामा पनि तिव्र रुपमा फैलिएर कति जनाले तत्काल अक्सिजनकाे अभावकाे कारण ज्यान गुमाउनु परेकाे अवस्थालाई मध्यनजर गरि नर्स प्रतिमाले आगामी दिनमा त्यस्तो समस्यबाट साविक बृद्धिम गाविसाका कुनै पनि गाम्हउलेहरूले अकालमा ज्यान गुमाउन नपराेस भनेर स्वास्थ्य सामाग्री वितरण गरेकाे बताएकी छन  ।

सो अवसरमा  बृद्धिम स्वास्थ्य चाैकीलाई अक्सिजन १ थान, नेवुलाईजर मेसिन ४ थान , पल्स अक्सिमिटर २ थान , फाेल्डिङ बेड १ थान, म्याट्रिस १ थान, पिलाे १ थान, सेनिटाईजर २ जार, सर्जिकल माक्स ४ बाकस गाेसाईकुण्ड गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष ल्हाक्पा ग्याल्बु तमाङ मार्फत स्वास्थ्य चाैकीलाई वितरण गरिएको हो ।

 

 

तपाइँको प्रतिक्रिया ।