बुढानिलकण्ठको संकटग्रस्त नयाँ सन्देस सहकारीको समस्या समाधान प्रतिवेदन तयार

बुढानिलकण्ठको संकटग्रस्त नयाँ सन्देस सहकारीको समस्या समाधान प्रतिवेदन तयार

कपन अनलाइन

काठमाण्डौ ,असार २४।

बुढानिलकण्ठको संकटग्रस्त नयाँ सन्देस बचत तथा ऋण सहकारी संस्थाको प्रतिवेदन तयार भएको छ। संकटमा परेका सो सहकारी संस्थाका सयौ पिडित सदस्यहरुले नगरपालिकामा उजुरी दिए पछि  २०७७ असोज ५ गते नगर कार्यपालिकाको बैठकले अध्ययन समिति गठन गर्ने निर्णय गरेको थियो।

उच्च अदालतका पूर्व न्यायाधीश  भोलानाथ चौंलागाईं संयोजक रहेको समितिले ९ महिनाको समय लगाएर सो संस्थाको समस्या समाधानका विकल्प सहितको प्रतिवेदन तयार गरेको थियो। उक्त संस्थाको वारेमा विस्तृत अध्ययन गर्दै तयार गरेको प्रतिवेदन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेललाई बुझाइएको छ।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई , पूर्व सहसचिव आदरणीय तेजप्रसाद पौडेल, अधिवक्ता छन्दप्रसाद आचार्य, लेखापरीक्षक राधाकृष्ण भण्डारी, सहकारी महासंघ तथा जिल्ला सहकारी संघका प्रतिनिधि  बालकुमार बाँस्तोला, नगरपालिकाका सहकारी बिज्ञ  पुरुषोत्तम नेपाल , सदस्य सचिवहरु  गीता कोइराला  र  चन्द्रमणि पाण्डे,नयाँ सन्देश साकोसमा बचतकर्ताहरुका तर्फबाट हितबहादुर (हिक्मत) मोक्तान, प्रदीप क्षेत्री लगायतको उपस्थितिमा सो प्रतिवेदन हस्तान्तरण गरिएको थियो।

 

 

 

तपाइँको प्रतिक्रिया ।