हेलम्बुमा अर्को आपत ,चनौटेको रातो पुल उच्च जोखिममा

हेलम्बुमा अर्को आपत ,चनौटेको रातो पुल उच्च जोखिममा

कपन अनलाइन

काठमाण्डौ ,असार २४।

हेलम्बु गाउँपालिकको चनौटे पुल उच्च जोखिममा परेको छ। गाउँ पालिकाको विभिन्न भेगमा जानका लागि एक मात्र पुलका रुपमा रहेको चनौटेमा मेलम्ची नदीले निरन्तर कटान गरिरहेको स्थानीयहरुले बताएका छन।

सो पुललाई दरिलो सहयोग हरेको चट्टान अहिले नदीको कारण निकै कमजोर बन्दै गएकोले पुल जोखिममा परेको हो। सो पुलमा क्षेती पुगेको खण्डमा गाउँ पालिकाको ठुलो भूभाग यातायातको सुविधा बिहिन हुने खतरा बढेको भन्दै सहयोगका लागि स्थानीयहरुले अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।