सिन्धु सागर बचत तथा ऋण सहकारीको संस्था तथा सदस्यहरुलाई राहत सहयोग

सिन्धु सागर बचत तथा ऋण सहकारीको संस्था तथा सदस्यहरुलाई राहत सहयोग

कपन अनलाइन

काठमाण्डौ ,असार २२ ।

सिन्धु सागर बचत तथा ऋण सहकारीले  संस्था तथा सदस्यहरुलाई राहत सहयोग गरेको छ । संस्थाको कार्यालय परिसरमा भएको कार्यक्रममा उक्त सहकारीले संस्थाका सदस्यहरु र विभिन्न ६ वटा संस्थालाई नगद तथा खाद्यान्न सहयोग गरेको थियो।

संस्थाकी अध्यक्ष  लिला  राना मगरको अध्यक्षता र कास्कुनका सचिव शालिकराम पुडासैनीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तास इभेन्ट लाउचेस्टन अस्ट्रेलियाको सहकार्यमा ति संस्थाहरुलाई  २२८८९७  नगद सहयोग गरिएको थियो।

कोरोना प्रकोपका कारण समस्यमा परेका सदस्यहरुलाई खाद्यान्न सहयोग गर्दै सो संस्थाले हामी नेपाल युथ अर्गनाइजेसन ,डिभाइन पाठ इन्टरनेसनल अर्गनाइजेसन ,स्कोलर युथ न्युट्रिसन नेपाल हेल्थ केयर इक्विपमेन्ट ,होप फ्युचर र समाजसेवी दयेंद्र ठकुरीलाई चेक हस्तान्तरण गरेको थियो।

तपाइँको प्रतिक्रिया ।