नेपाल बोसिया संघको ‘भर्चुअल तनाव व्यवस्थापन’ कार्यक्रम सम्पन्न

नेपाल बोसिया संघको ‘भर्चुअल तनाव व्यवस्थापन’ कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार २२ ।

अपाङ्गता भएका व्यक्तिहरूको लागि नेपाल बोसिया सङ्घले कोरोना महामारीको समयमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्ष्यित गरी ‘भर्चुअल तनाव व्यवस्थापन’ सम्वन्धी कार्यक्रमको आयोजना गरेको छ ।
सङ्घले सोमवार आयोजना गरेको उक्त कार्यक्रममा मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले खेलकुदमा संलग्न हुँदा फिजिकल एक्सरसाइजको साथै मष्तिस्कको विकासमा समेत सहयोग पुग्ने बताएका छन  ।
उनले खेलकुदलगायत आफुलाई मन पर्ने काम गर्दा सेरोटोनिन, डोपामिन रसायनको विकासले अपाङ्गता भएका व्यक्ति समेतले खुसी हुने बताए  ।
डा. उपाध्यायले तालिमविनाको चञ्चल मनको कारण तनावमा परिने, मनलाई भड्काउने हजारौं माध्यम भएको यस समयमा बाँचिरहेका हामीले मनलाई बाँधेर वा तालिम दिएर राख्ने प्रयास जारी राख्नुपर्ने उनको भनाई छ ।
अपाङ्गता भएका व्यक्ति र उहाँका परिवार घरबाहिर निस्केर खेलकुदलगायत अन्य सांस्कृतिक कार्यक्रममा सहभागी हुँदा अपाङ्गता भएका व्यक्ति र अभिभावकले समेत हामी मात्र यस्तो समस्यामा छैनौं, अन्यले पनि हाम्रो जस्तो समस्या झेलेको रहेका कुरा बुझ्दा तनाव कम हुने बताएका छन  ।
तनावको कारण निम्तीने समस्याहरू : 
क्यान्सर बढ्ने, मोटाउने, विर्सने, डिप्रेसन, सुगर बढ्ने, छिट्टै बुढ्यौली लाग्ने, शरीरमा लाग्ने घाउहरू छिटो निको नहुने समस्या हुन्छ ।
तनावले घृणा, लोभ, ८० प्रतिसत विरामी हुने कारण तनावलाई मानिएको छ । एकको तनाव अन्यमा पनि प्रभाव पार्न सक्ने अवस्था रहन्छ ।
यसको व्यवस्थापनले ति अवस्था हटाउन सकिने, खुसीसाथ जीवन जिउन सकिने डा. उपाध्यायको भनाई छ ।
तनाव व्यवस्थापन
तनाव व्यवस्थापनका लागि थेरापी, खेलकुदमा सहभागी हुने, मनोपरामर्श सेवा लिने, सङ्गीत सुन्ने,शारीरिक व्यायाम, ध्यान र योगको अभ्यास गर्नुपर्छ । तनावलाई जित्ने विश्वास मनमा ल्याउदा तनावलाई व्यवस्थापन गर्न सकिन्छ ।
बोसिया सङ्घकी अध्यक्ष गोमा पौडेलले अनिता व्हाइट फाउण्डेशनको सहयोगमा सङ्घले कोरोना महामारीका कारण दुई वर्षदेखि घरमै आइसोलेसनमा परेका अपाङ्गता भएका व्यक्ति तथा खेलकुदमा संलग्न अपाङ्गता भएका खेलाडीका तनाव व्यवस्थापन, स्पोर्टस लिडरसिप एकेडेमीको इकपेरियन्स सेयरिङ, भर्चुअल बोसिया स्पोर्टस अवानेस र भचुअल ट्रेनिङ प्रोग्राम अफ बोसिया स्पोर्टससहित चारदिने वृहत कार्यक्रमको आयोजना गरिएको जानकारी दिए  ।
त्यसैगरी सङ्घका महासचिव देवु पराजुलीले कार्यक्रममा डा. उपाध्यायले दिनुभएको प्रस्तुती सुनेर आफुमा आउने विचार, व्यवहार र आफ्नो बारेमा सोच्न ÷बुझ्न मन लागेको विचार व्यक्त गरेका थिए  ।
डाउनसिन्ड्रोम एसोसियसनका अध्यक्ष शिला थापाले आफु र आफ्नो जिम्मेवारी राम्रोसँग निभाउन माइनफुल नेस, ब्रिदीङ एक्सरसाइजको तालिम लिन इच्छुक रहेको बताए  ।
कार्यक्रममा दोभासेहरू राधा बोहोरा, नानु जयना र प्रख्यात(प्रकाश) महर्जनले साङ्केतिक भाषा र डाउन सिन्ड्रोम एसोसिएसनका सुवास थापा, आकृति मुल्मी र प्रमिला देवानले क्यापसनिङ गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।